ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु ४९ करोड ९९ लाख ४९ हजार को अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकामा शुक्रबार आयोजित १२ औं नगरसभामा गाउँपालिकाले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
समानीकरण अनुदान सङ्घबाट रु ११ करोड ११ लख, राजश्व बाँडफाँट सङ्घबाट रु १० करोड ३४ लाख ८८ हजार, शशर्त अनुदान रु २३ करोड ५१ लाख, समानीकरण अनुदान प्रदेशबाट रु १ करोड २६ लाख ५६ हजार, राजश्व बाँडफाँट प्रदेशबाट रु ५४ लाख ५ हजार हुने अनुमान गरिएको छ ।
प्रदेश समपुरक अनुदानबाट रु ५० लाख, आन्तरिक आयबाट रु १ करोड १० लाख, बिशेष अनुदान प्रदेशबाट ५० लाख,जिल्ला समन्वय समितिबाट ४० लाख र गत आर्थिक बर्षको बाँकि रकम रु ५० लाख आय हुने अनुमान गरिएको छ ।
बजेट सार्वजनिकका लागि आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले गाउँपालिकाले विकासका क्षेत्रमा फड्को मारिरहेको भन्दै प्रदेश सरकार सघाउन तत्पर रहेको बताए ।
साथै तनहुँको दक्षिणी क्षेत्र पछि परेको भए पनि गाउँपालिकाले विकासमा गति लिएको उनले बताए ।
बजेट, नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा, कांग्रेस नेता मोहन गिरी, प्रवक्ता विजय दरै, प्रमुख प्रशासकिय अधिकृत टिकाबहादुर गोदारलगायतले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?