भानुमा करेन्ट लागेर एक महिलाको मृत्यु

दमौली : तनहुँको भानु नगरपालिका– ९ सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोहि  निवासी ४५ बर्षीय तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारको लागि दमौली अस्पतालमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए ।

मोबाइल चार्ज गर्ने क्रममा  (टुपिन)बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको हो ।  मृतक महिलाको शव अहिले दमौली अस्पतालको शबगृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?