बामदेवको पार्टीमा तनहुँका खनाल सहित ६९ केन्द्रीय सदस्य

दमाैली :  वामदेव गौतमले घोषणा गर्ने पार्टीको नाम ‘नेकपा राष्ट्रिय एकता अभियान’ हुने भएको छ।

राष्ट्रिय अभियानको ६९ सदस्यीय केन्द्रीय कमिटीमा तनहुँका धनन्जय खनाल  समेटिएका छन्  । बामदेव गौतमले मंगलबार घोषणा गर्न लागेको नयाँ पार्टीको केन्द्रीय सदस्यमा तनहुँका  खनाल समेटिएका हुन् ।

तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।  नेकपा फुटेर एमाले र माओवादी केन्द्र ब्युँतिएपनि गौतम स्वतन्त्र रहेका थिए।

गौतमले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?