
दमौली : तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिकाका युविना थापा मगरको पाठेघरमा काठको टुक्रा पसेपछि उपचारमा आर्थिक अभाव भएको छ ।
सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा पाठेघरमा काठको टुक्रा पसेको थियो ।
बसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेल ओझाले घरको आर्थिक अवस्था कमजोर रहेकाले बालिकाको उपचारमा सहयोग गर्न अपिल गरेकी छन् ।
पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?