दमौली : बुधबार दमौलीको कारागारमा रहेका कैदीबन्दीलाई मानवअधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल तनहुँ शाखाले दही चिउरा खुवाएको छ । राष्ट्रिय धान दिवस एवं असर १५ को अवसरमा मञ्चले कारागारका कैदीबन्दीलाई दही चिउरा खुवाएको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले राष्ट्रिय पर्वको अवसरमा कैदीबन्दीलाई दही चिउरा खुवाउने कार्यक्रम उनिहरुको लागि सकारात्मक रहेको बताए ।
हालैमात्र गठन भएको उक्त संस्थाले पहिलो कार्यक्रम धान दिवसको अवसर पारेर कारागारमा गरेको मञ्चका अध्यक्ष कविराज श्रेष्ठले श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषिराम भुषाल, सचिव शेषराज श्रेष्ठ लगायतले संस्थाको बारेमा जानकारी गराएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?