दमौली : तनहुँको व्यास नगरपालिका वडा नं –२ कार्यालयले वडाबासीलाई कम्पोष्ट मल बनाउने किसिमको डस्बीन बितरण कार्य थालेको छ । घरमा कौसी खेती गरेका व्यक्तिलाई पहिलो प्राथामिकतामा राखेर डस्बीन बितरण गर्न शुरुवात गरेको हो ।
पहिलो चरणमा २० देखि ३० सम्म एउटा टोल विकास संस्थालाई बितरण गरिएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । वडाले बजेट बिनियोजन गरी टेण्डर मार्फत रु.दश लाख बजेटबाट चार सय पचहत्तर वटा डस्बीन खरिद गरेर बितरण गर्न लागेको हो ।
करिब तीस लिटर क्षमताको उक्त डस्बीनमा कुहिने बस्तु राखेर कम्पोष्ट मल बनाई कौसी तरकारी खेतीमा प्रयोग गर्न वडाबासीलाई आग्रह गरिएको छ ।
कुहिने फोहोर घर बाहिर निकालेर फोहोर गरेमा कारवाही पनि गर्न सकिने वडा कार्यालयले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?