अबको लडाई प्रविधि बिचको हो ;उपप्रमुख राजु

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले अबको लडाईं प्रबिधि बिचको रहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको दुई दिने डिजिटल मिडिया संम्बन्धी तालिमको शनिबार समापन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

विकासित राष्ट्र चन्द्रमामा प्रक्षेपण गर्ने तयारीमा अघि बढिरहेको चर्चा गर्दै नेपालमा ५ जी संञ्चालनको प्रतिक्षामा रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिकेले समयको माग अनुरुप चल्न नसके पत्रकारिता व्यवसाय संकट पर्न सक्ने अवस्था देखिएकोले प्रविधिलाई अबलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए ।

सूचना र संञ्चारलाई प्रभावकारी ढंगबाट संञ्चालन गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए  ।

तालिमका मुख्य प्रशिक्षक न्यू मिडिया टेनरका बिजय कुमालले पत्रकारितालाई पेशाको रुपमा मात्रै नभई व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।अर्का प्रशिक्षक पत्रकार बसन्त कँडेलले पत्रकारहरु समय सापेक्ष अनुरुप चल्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियन तनहुँका अध्यक्ष अमर नहर्की,प्रेस चौतरी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि,नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता सुनार,स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सुनार लगायतले संञ्चारकर्मीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संञ्चालन सचिव अशोक बिश्वकर्माले गरेका थिए । उपप्रमुख बिक सम्मानित त्यसैगरी सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिक राजुलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?