कांग्रेस तनहुँले ४ जना आमन्त्रित सदस्यमा मनोनित

दमौली : नेपाली कांग्रेस तनहुँले ४ जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेका छन् ।  जिल्ला सभापति जीतप्रकाश आलेले उनीहरुलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेहरुमा अर्जुन अधिकारी देवघाट, गोविन्द ढकाल भानु, सीता पौडेल र माधव लम्साल भिमाद लाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेका छन् । यसअघि सभापति आलेले पार्टीको विधान अनुसार नै ३ जनालाई जिल्ला सदस्यमा मनोनित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?