दमौली : नेकपा एमाले तनहुँले जिल्लाका विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको छ । हालै बसेको जिल्ला कमिटीको पूर्ण बैठकले दशवटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको हो ।
जस अनुसार व्यास नगरपालिकाको इन्चार्जमा हरिराज कंडेल र सहइन्चार्जमा रामजी लौडारी,आँबुखैरेनी गाउँपालिकाको इन्चार्जमा दुर्ग बहादुर थापा र सहइन्चार्जमा सन्त बहादुर के.सी.लाई चयन गरेको छ भने देवघाट गाउँपालिकाको इन्चार्जमा इन्द्रमान परियार र सह–इन्चार्जमा बाबुराम अधिकारीलाई जिम्मेवारी दिएको छ ।
यस्तै शुक्लागण्डकी नगरपालिकाको इन्चार्जमा राजेश्वर ढकाल र सहइन्चार्जमा फूलमाया वाग्ले, भानु नगरपालिकाको इन्चार्जमा प्रदीपराज अधिकारी र सहइन्चार्जमा सीताराम सुर्खाली, भीमाद नगरपालिकाको इन्चार्जमा खिम कुमाल र सहइन्चार्जमा धनन्जय गैह्रे चयन भएका छन् ।
म्याग्दे गाउँपालिकाको इन्चार्जमा देवलाल खनाल र सहइन्चार्जमा रत्नादेवी घिमिरे, घिरिङ गाउँपालिकाको इन्चार्जमा मेखबहादुर थापा र सहइन्चार्जमा रनबहादुर राना, बन्दीपुर गाउँपालिकाको इन्चार्जमा शङ्कर रानाभाट र सहइन्चार्जमा गोविन्द अधिकारी, ऋषिङ गाउँपालिकाको इन्चार्जमा इन्द्रबहादुर थापा र सहइन्चार्जमा प्रेम रानाभाट चयन भएका छन् ।
संसदीय विभाग प्रमुखमा दुर्गबहादुर थापा, सामाजिक सेवामा कलाकुमारी ढकाल, सहकारी तथा गरिवी निवारणमा इन्द्र थापा, साहित्य कला तथा सांस्कृतिकमा दयाराम पौडेल, स्थानीय विकास विभागमा मेखबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामा धनन्जय गैह्रे, सामाजिक सुरक्षामा प्रेम रानाभाट, निर्वाचनमा निर्मल पण्डित, पुस्तकालय तथा अभिलेखमा देवलाल खनाल, खानेपानीमा प्रभा श्रेष्ठ, कृषि तथा पशुपंक्षीमा फूलमाया वाग्ले, उर्जा स्रोत तथा सिचाइमा इन्द्रमान परियार र भौतिक पूर्वाधार तथा यातायातमा रामजी लौडारी चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?