दमौली : घर बहाल सरोकार महासंघ तनहुँ शाखाले आफ्नो दिवसको अवसरमा खोलाले बगाएर घाइते भएकी बालियका युविना थापालाई आर्थिक सहयोग छ । १२ औं स्थापना दिवसको महासंघले बालिका थापाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले दिवसमा सहयोग गरेका हुन् ।
महासंघका अध्यक्ष दधिराज घिमिरे, महासंघका संस्थापक अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष बालहरी अधिकारी, पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णु पराजुली लगायतले युविनालाई ५ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
उनीहरुले उक्त रकम युविना अध्ययनरत विद्यालयका प्राधानाध्यापक शर्मिला ओझालाई हस्तान्तरण गरेको महासंघका महासचिव सरोज भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?