दमौली : तनहुँको दमौलीमा व्यास नगरप्रहरीले एक फुटपाथ व्यवसायीको व्यापार गरिरहेको अवस्थमा ठेला नियन्त्रणमा लिएको छ । नगरप्रहरीले व्यास-२ स्थित कालिकामार्गबाट मंगलबार दिउँसो व्यास ती व्यवसायीको ठेला व्यास नगरपालिकाका नगरप्रहरीले नियन्त्रणमा लिएको हो ।
दमौली बजार भित्रको एकतर्फी सडकमा सवारी र सर्वसाधारणलाई अवरोध पुर्याउने गरी सडकमै व्यापार गरेपछी उक्त फुटपाथ व्यवसायीको ठेला नियनत्रणमा लिएको नगरप्रहरीले बताएका छन् ।
कालिका मार्गबाट ठेला नियन्त्रणमा लिएर न्युरोड हुँदै व्यास नगरपालिका ल्याउने क्रममा व्यास-२ न्युरोडमा उक्त व्यवसायीको आँप सडकमा पोखिएको थियो ।
व्यास नगरप्रहरीले फुटपाथ कब्जा गरेर व्यवसाय गर्ने सडक व्यवसायीलाई नियन्त्रणमा लिएर कारबाही गर्दै आइरहेको छ । फुटपाथमा बिहान ९ बजेसम्म र साँझ ५ बजेपछी व्यापार गर्न छुट दिईएको नगरपालिकाले जनाएको छ ।
तस्बिर : असिया खातुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?