बिपदजन्य समस्या आए तत्काल सूचना दिन व्यास नगरपालिकाको अनुरोध

दमौली : तनहुँको व्यास नगरपालिकाको  बुधबार नियमित बैठक बसेको छ । व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले नगरपालिका भित्र हालै आएको बाढी पहिरोबाट भएको क्षति र तत्काल सम्बोधन गर्नुपर्ने वडागत विवरणको समिक्षा गरेको हो ।

साथै वर्षाद्को यस समयमा सतर्क रहन र कुनै विपदजन्य समस्या भएमा ०६५५६००३४ मा तत्काल सूचना दिन समेत नगरवांसीमा अनुरोध गर्ने निर्णय गरेको छ । व्यास नगर सभामा प्रस्तुत वजेट कार्यक्रममा आएका औपचारिक  अनौपचारिक सुझाबहरुका सम्बन्धमा समिक्षा गरि आगामि नगर सभामा संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

व्यास नगरपालिका अन्तरगतका वडा विपद समिति र वडा स्वास्थ्य समितिको कार्यविधि अनुसार सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा पुनर्गठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?