दमौली : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले प्राथमिक र निम्न माध्यमिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट उपलब्ध गराएको छ। गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको ब्रोडव्याण्ड इन्टरनेट सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्धेश्य सहित इन्टरनेट उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाले जानकारी दिए ।उनका अनुसार २९ वटा विद्यालयलाई उक्त उपकरण सहयोग गरिएको छ ।
डिजिटल नेपाल अभियान अन्तर्गत सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सरकारको योजना रहेको छ ।
स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टनेट सेवा गाउँस्तरमा पुर्याई सामुदायिक विद्यालयलाई डिजिटलमैत्री बनाउने अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?