दमौली : तनहुँको व्यास नगरपलिका १ र १३ जोड्ने भुभुङगे पुल लामो समय सम्म मर्मत नहुदाँ बर्खायाममा पैदलयात्री र विद्यार्थी जोखिम मोलेर हिँड्नु परेको छ । समयमा पुल मर्मतसम्भार नहुँदा यात्रु छाब्दी खोलमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् ।
पानी पर्दा हिमा पाइपा राखेर निर्मण गरेको मोटरेवल पुल खोलाले पुरिने भएकाले ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएको एक विद्यार्थीले सुनाउछ्न् ।पानी पर्दा यो पुलबाट दैनिक ८०/९० जना विद्यार्थीहरुको वारपार गर्दै आएको व्यास १३ कमलावारी चिसोपानी टोल विकास संस्थाका अध्यक्ष कुल बहादुर दरैले जानकारी दिए । पैदलयात्री कुनै दिन खोलामा खस्ने जोखिम छ ।
पुलमा हिँड्ने पैदलयात्री जुनसुकै बेला नदीमा खस्ने सम्भावना बढेको कमलावारी चिसोपानी टोल विकास संस्थाका अध्यक्ष दरै बताउँछन् । ‘हामीले बारम्बार मर्मत नगरिनु भनेर वडा कार्यालय र नगरपालिकामा गुनासो सुनाउदै आएको छौं ’, उनी भन्छन्, ‘यति सानो पुलको मर्मतमा हेलचेक्र्याइँ गर्नु गम्भीर विषय हो’ ।
व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खालेले तत्काल मर्मत गर्ने अवस्था नभएकोले यसको डिपीआर तयार परिसकेको र यो साउन सके लगतै काम हुने बताएका छन् ।
यस बिषयमा जानकारी लिन खोज्दा वडा नम्बर १३ का वडा अध्यक्ष बसन्त आले सम्पर्क हुन् सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?