महँगी र भ्रष्टाचारको विरोधमा राप्रपाको धर्ना

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएको छ । महँगी र भ्रष्टाचारको विरोधमा राप्रपाले शुक्रवार प्रशासन कार्यालयमा धर्ना दिएको हो ।

सरकारले किसानलाई मल र बिउजस्तो आधारभूत सेवा दिन नसकेको भन्दै राप्रपा तनहुँका सचिव हितमान शाक्यले  ले सरकारको आलोचना गरे । उनले शान्ति सुरक्षा र सुशासनको मागसमेत गरेका छन् ।

राप्रपाको आकाशिँदै गएको मूल्य वृद्धिले जनता मारमा परेको बताएको छ ।  उनीहरुले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, किसानलाई मल र बिउ उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

सरकारको उपस्थिति नाममा मात्र सीमित भएको राप्रपाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?