ऋषिङमा उत्कृष्ट बुहारी र एकल पुरुष सम्मानित

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका उत्कृष्ट बुहारी तथा एकल पुरुषलाई शुक्रबार सम्मान गरेको छ । गाउँपालिकाको १२ औ गाउँ सभा तथा बजेट सार्वजनिक समारोहको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

उक्त अवसरमा निवर्तमान जनप्रतिनिधी,बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,उपाध्यक्ष गिनुमाया थापा,प्रमुख प्रशासकीय अधिकृत टिका गोदार लगायतका व्यक्तिहरुले विविध विधाका व्यक्तिहरुलाई सम्मान गरेका हुन् ।

सो वसरमा १६ जना उत्कृष्ट बुहारी,३२ जना एकल पुरुषलाई रु.चार हजारका दरले नगद सहित सम्मान गरेको हो । त्यसैगरी, ६४ जना जेष्ठ नागरिकलाई ब्ल्याकेट प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए ।

साथै बाल परिषद् गण्डकी प्रदेशका कोषाध्यक्ष बिबेक श्रेष्ठसम्मान गरिएको छ । श्रेष्ठ सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?