
दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घले क्यान्सर पीडित वरुण भट्टराईको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ विमलनगर इकाई समितिका सभापति समेत रहेको भट्टराईको उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ सङ्घले एक लाख २५ हजार सहयोग गरेका हुन् ।
उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार इकाई कार्यबाहक सभापति मार्फत् हस्तान्तरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?