
दमौली : लमजुङ्गका एक बालक तनहुँमा मृत फेला परेका छन् ।लमजुङ्गको मध्यनेपाल नगरपालिका वडा नं ६ निवासी रेनु सुनारको दश बर्षीय छोरा रोनिश सुनार मृत फेला परेका हुन् ।
स्थानीय मिदिम खोलामा साथीसंग पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव आइतबार तनहुँको व्यास– १० बैरेनी स्थित सेती नदी किनारमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फकिएपछि खाजा खाउ भन्दा नमानि साथीको संगतमा पौडी खेल्न जाँदा शनिबार खोलाले बगाएर बालक बेपत्ता भएका थिए । स्थानीयबासीले मादीनदी किनारमा बालकको शव स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मृतक बालकको शव सनाखत गरी आफन्तजनले बुझि लगेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?