भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइयो

काठमाडौं : भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको छ। आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो।

काठमाडौं, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो। आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट मानवीय क्षति भएको छैन। अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

आगलागी भएको ठाउँमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?