दमौली : तनहुँको बन्दीपुर गाउँपालिका वडा नं २ स्थित आरथुम्कामा दुई सय गाँजाको बोट नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरको सक्रियतामा उक्त गाँजाको बोट नष्ट गरिएको हो ।
प्रहरी नायव निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको ८ जनाको प्रहरी टोलीले बिहीबार गाँजाका बोट फडानी गरेर नष्ट गरेको हुन् ।स्थानिय भद्र भलादमी, वुद्धिजिवीसँग आवश्यक समन्वय तथा सहकार्य गरी समुदाय – प्रहरी साझेदारी अवधारणा अनुरुप अवैध रुपमा उम्रिएका गाँजा फँडानी गरी नष्ट गरेको हो ।
साथै सो अवसरमा लागुऔषध, गाँजा, कोकीन लगायतका नषालु पदार्थ सेवनले मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरका सम्बन्धमा सचेतना मुलक कार्यक्रम समेत संचालन गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?