ऋषिङमा करार कर्मचारीको सम्झौता नवीकरण नहुने

ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिकाले करारका कर्मचारीको सम्झौता नवीकरण नहुने भएको छ ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाबहादुर गाेदारले एक पत्र जारी गर्दै साउन १ गतेबाट करार कर्मचारीको सम्झौता नहुने सूचना जारी गरेका हुन् ।

गाउँपालिकाकाे आन्तरिक आयस्राेत कम रहेकाे तथा दरबन्दी नभएका कारण २०७९ साउन १ गतेबाट समाप्त हुने करार सम्झाैता दरबन्दी नभएका कर्मचारीहरुकाे नवीकरण नहुने तथा अन्यकाे करार सम्झाैता नवीकरण नभएसम्म कार्यालयमा हाजिर नहुन निर्देशन समेत दिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?