सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति छ। जसमा उनले २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा छ। यस्तै, उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको पनि उल्लेख गरेका छन्।
मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन्। विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उनले विवरणमा भरेका छन्। आचार्य विभिन्न जलविद्युत आयोजनाका लगानीकर्ता छन् भने करिब एक दर्जन व्यावसायिक संस्थामा आवद्ध छन्।
पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा भवन, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा भवन रहेको आचार्यले उल्लेख गरेका छन्। मेयर आचार्यका नाममा पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ।
उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन्। उनीसँग बैंक र हातमा गरी नगद १५ लाख रूपैयाँ भएको समेत सम्पत्ति विवरणमा खुलाएका छन्।
मेयर आचार्यले कुनै पनि वित्तीय गल्ती नगरेको पनि घोषणा गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?