तनहुँका श्रेष्ठ युथ कांग्रेसको महामन्त्रीमा निर्वाचित

दमौली :  नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ”का केन्द्रीय महामन्त्रीमा तनहुँका राजेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कूल ३९ मतमध्ये खसेको ३८ मतमा २० मत प्राप्त गरी श्रेष्ठ महामन्त्रीमा निर्वाचित भएका हुन् ।

बिभिन्न सामजिक संघसस्थामा समेत क्रियाशिल रहेका  श्रेष्ठ युथ कांग्रेस तनहुँका अध्यक्ष,उनी नेपाली कांग्रेस प्रदेश सभा २ (क) का सचिव हुन् ।

युथ कांग्रेसले देशका विभिन्न जिल्लामा संगठन विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?