दमौली : तनहुँको व्यास नगरपालिका वडा न.१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस ४०औं वी.पी. स्मृति दिवसको अवसरमा बृक्षरोपन एवं गोडमेल कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईले आयोजना गरिएको कार्यक्रम क्याम्पस परिसरमा नयाँ ७ वाट बिरुवा बृक्षरोपन छ ।
४०औं वी.पी. स्मृति दिवसको उपलक्ष्यमा आयोजीत वृक्षरोपन एवं वी.पी. का चिन्तन र समकालीन राजनीतिक बिषयक बिचार गोष्ठी दुबै कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपानेले गरेको थियो।
नेविसं इकाई सभापति सुदर्शन पोख्रेलको अध्यक्षता भएको कार्यक्रमको संचालन इकाईका सचिव गौरब पन्थले गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?