ऋषिङ : नेपाली कांग्रेस ऋषिङ गाउँपालिका समितिले वीपि स्मृती दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा कांग्रेस ऋषिङले ऋषिङ-७ को सहिद स्मृति पार्कमा आयोजीत कार्यक्रम गरेका हुन् ।
उक्त कार्यक्रमलै सम्बोधन गर्दै प्रमूख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले मुलभुत समाजबादको सिद्धान्त जनताका आधारभुत समस्याको समाधान गर्न, अधिकार सम्पन्न गराउन र लागू गर्नका निमित्त भएको बताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य मोहन गिरिले वीपी विचार सम्बन्धी धारणा बताउँदै जनताका आधारभुत आवश्यकताको सम्बोधन नै समाजबादको मुख्य द्योतक भएकोले जनताका रोजिरोटिका बिषयमा केन्द्रीत भएर कार्यक्रम लागू गर्नुपर्ने बताएका छन ।
उनले थपे “पार्टिलाई नै घाटा पर्ने गरेर र पार्टिलाई नै हराएर अवसरबादलाई हराउन नसकिने हुँदा घर पोलेर बाहिर बसेर कराउने तर चरम अवसरबादिको धारे हात आफैलाई फर्काउने काम नगर्न” आग्रह गर्दै वीपिले चरम अवसरबादिको संज्ञा पार्टिबाट लिने लाभ लिईसकेपछी पार्टिलाई घात गरेर बाहिर बसि ढुङ्गा हान्नेहरुलाई पनि भनेको स्मरण गराउँदै सबैलाई एकैकित्तामा उभिन आग्रह गरे ।
कार्यक्रममा वडा सभापतीहरु, जिल्ला सदस्यहरु , महाधिबेशन प्रतिनिधिहरु,भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले बिपि बिचारहरुको बारेमा चर्चा गरेका थिए ।
गाउँ कार्यसमितिका कार्यवाहक सभापती श्री बहादुर आलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शहीद पार्क परिसर सरसफाई गरी दर्जनौं बिरुवा रोपिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?