नारी जागरण एवं धार्मिक स्थलहरूको प्रवर्द्धनको यात्रा

दमौली : भारतको पुर्वोत्तर असम राज्यको राजधानी गौहाटीबाट सुपरिचित महिला बाइकर्स, मोटोब्लगर, फिटनेस ट्रेनर एवं नयाँ-नयाँ पर्यटकीय गाउँ ठाउँहरुको खोजबिनकर्ता मिनाक्षी दासले असोज १७ गते देखि पूर्वीय नेपालको प्रवेशद्वार काकडभिट्टाबाट एकल बाइक यात्रा गर्दै छिन्।
उक्त यात्राको क्रममा नेपालको काकडभिट्टा, दमक,हेटौंडा, मुग्लिन, तनहुँको वेदब्यास परिसर, पोखरा, जोमसोम, मुक्तिनाथ, हुँदै लोमान्थाङ सम्म र पुन: पोखरा हुदै काठमाण्डौको विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थान लगायत नेपालीहरुको महान चाड दसैं, तिहार सहित विविध जनजातिको पर्व, संस्कार, संस्कृतिको पनि नजीकबाट स्थलगत अध्ययन, निरीक्षण गर्ने एवं सोको प्रवर्द्धन गर्ने भएकी छिन ।
काठमाण्डौबाट उनको यात्रा सिन्धुली हुँदै पुनः बर्दिबास, सीतामाताको जन्मस्थल जानकी मन्दिरको दर्शन गरि काकरभित्ता हुँदै गौहाटीमा १५ अक्टोबर २०२२ मा यात्रा समापन हुने छ ।

उक्त यात्राको क्रममा उनले चर्चित नेपाली भाषामा बनिएको पहिलो हिन्दी फिल्म प्रेम गीत-३ को पनि प्रवर्द्धन गर्ने भएकी छिन् ।

उनको यात्रालाई लिएर भारतमा आजादीको अमृत महोत्सव समिति कालेबुङ दार्जिलिङ जिल्ला एवं नेपालमा सेवाका लागि युवा (Youth For Seva) पोखरा कास्की संस्था एवं प्रेम गीत-३ चलचित्र परिवारले उचित समन्वयनको कार्य गरिरहेको छ, भने असमबाट असम सरकार एवं भारतका विभिन्न निकायसहित संघ-संस्थाहरूले प्रायोजन गरिरहेको बताएको छ ।

यो यात्राको मुख्य ध्येय “नारी जागरण तथा नेपालको धार्मिक, पवित्र स्थलहरूको प्रवर्द्धन समेत गर्ने र गराउने” सेवाका लागि युवा संस्थाका अध्यक्ष छिवाङ कर्मा तामाङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?