काठमाडौं : संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनको निधन भएको हो।
आज विहान ७ बजेर ९ मिनेटमा निधन भएको पारिवारिक स्रोत निकट नरेन्द्र राज प्रसाईले बताए ।
उनले भने,’उहाँ आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भएको बताए ।उनको शुक्रबारदेखि स्वास्थ्य अवस्था स्थिर रहेको थियो ।
छातीमा निमोनियाको संक्रमण भएर २४ दिन अघि अस्पताल भर्ना भएको थिए ।
उनलाई डेंगु संक्रमण पनि भएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?