दमौली : तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।
शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् ।
घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?