दमौली : तनहुँको ऋषिङ्ग गाउँपालिका–१ झापुटारस्कुटर दुर्घटनामा परी हात चुँडिएकी एक महिलालाई शनिबार हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमाण्डौं लगिएको छ ।
सोही निवासी २९ बर्षीय रेनु थापालाई हेलिकप्टरमा राखी परिवारले उपचारको लागि काठमाण्डौं लगेको हो ।
दमौलीको खुलाचौरमा हेलिकप्टर ल्याण्ड गरी दमौली अस्पतालमा उपचारमा रहेकी थापालाई थप उपचारको लागि काठमाण्डौं लगिएको हुन् । व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सल स्कुटरमा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरानिर चुँडिएपछि अन्नपूर्ण हेलिकप्टर प्रा.लि.मार्फत उपचारको लागि पठाइएको हो ।
भाँचिएको हात जडान हुने दमौली अस्पतालका चिकित्सकहरुले बताएपछि उक्त हेलिकप्टर चार्टर गरी काठमाण्डौं लगेको तनहुँका प्रहरीले जनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?