मतदाता भेट्न बस्ती–बस्तीमा पुग्दै मूर्तिकार श्रेष्ठ

दमौली  : तनहुँ निर्वाचन क्षेत्र १ मा स्वतन्त्र उम्मेदवारी दिएका मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले विभिन्न गाउँबस्तीमा पुगेर मतदाता भेटलाई तीव्र पारेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका श्रेष्ठले गाउँ वस्तीमा आफ्नो चुनाव चिन्ह (सूर्यमुखीको फुल) र आफ्नो उम्मेदवारीबारे जानकारी गराउदै आएका छन् ।

आइतबार बन्दीपुर गाउँपालिका अन्तर्गतको डुम्रे , बिमलनगर ,सत्रसय  लगायतका स्थानमा पुगेर उनले आफ्नो उम्मेदवारीबारे जानकारी दिए ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार  चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?