दमौली- ३२औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा शनिबार दमाैलीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
‘सरकारी कार्यालयकाे कामकाजमा मातृभाषाकाे आवश्यकता र महत्व’ विषयमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमूनीदेव मावि शुक्लागण्डकीकी पुनमसिंह ठकुरी प्रथम भएकी छन् ।
त्यस्तै आदिकवि भानुभक्त मा.वि.कि समीक्षा थापा द्वितीय, सत्यवती मा.वि.कि जेसिका पाण्डे तृतीय र चण्डीदेवी राष्ट्रिय मा.वि.कि सुरक्षा तिमिल्सिना, मीन मा वि की गंगा बानियाँ र आदिकवि भानुभक्त मा.वि. कि ससिता के.सी. सान्त्वना भएका नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सनम तामाङले जानकारी दिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई बधाई दिदै यस्ता प्रतियोगिताको माध्यमबाट बालबालिकालाई आदिवासी जनजातिका भाषा, कला, साहित्य, धर्म र संस्कृतिका विषय प्रवर्द्धन हुने बताए ।
विभिन्न समुदायको लोपोन्मुख भाषा, कला, साहित्य, इतिहास र संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणमा टेवा पुग्ने नगर प्रमुख न्यौपानेको भनाइ छ । प्रतियोगितामा १७ विद्यालयका ३१ विद्यार्थीको सहभागिता रहेको सचिव जीवन गुरुङले जानकारी दिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?