उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठकाे समापन

दमौली : आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै यो वर्षको छठ पर्व समापन भएको छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

भक्तजनले लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गरेका छन् ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत मानेर विशेष पूजा गर्ने परम्परा रहेको संस्कृतिविद्हरुले बताएका छन् ।

छठको अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला वा पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ गत शुक्रबारदेखि सुरु भएको हो ।

फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?