व्यासमा हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशीका सार्वजनिक बिदा  भएको छ  । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै (तुलसी विवाह) हरिबोधिनी एकादशी दिन नगरपालिकामा सार्वजनिक बिदा दिएको हो  ।

कात्तिक १८  गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको  व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सो अवसरमा नगरपालिका अन्तर्गतका सरकारी कार्यालय ,निजी एवं सामुदायिक शैक्षिक संघसंस्था सबै बन्द रहने नगपलिकाले जनाएको छ ।

सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?