मतदाता भेट्न घरदैलोमा व्यस्त उम्मेदवार सिग्देल

दमौली :  निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँ -१  प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ जिल्ला सभापति विकास सिग्देल  घरदैलोमा व्यस्त भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।

घण्टी चुनाव चिन्ह लिएर सिग्देल बिहिवार देवघाट गाउँपालिकामा घरदैलो गरेका छन्  ।

घरदैलोका क्रममा जनताको सकारात्मक प्रतिक्रिया पाएको बताउदै उनले आफ्नो जित निश्चित रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?