पछिल्लो तीन महिनामा ८६ उद्योग दर्ता

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा साना, मझौला र ठूला गरी कुल ८६ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार असोज मसान्तसम्म साना २९, मझौला ३१ र ठूला २६ वटा उद्योग दर्ता भएका हुन् ।

उक्त अवधिमा कुल ८७ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
जसमा विदेशी लगानी दुई अर्ब २४ करोड रुपैयाँ प्रस्ताव आएको विभागको तथ्यांक छ । १९ वटा परियोजनामा विदेशी लगानी स्वीकृति भएको विभागले जनाएको छ ।

यो लगानीले कुल पाँच हजार ९३५ जनाले रोजगारी पाउने बताइएको छ । जसमा प्रस्तावित विदेशी लगानी परियोजनाहरूबाट एक हजार ४३ जनाले रोजगारी प्राप्त गर्ने विभागले जनाएको छ ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?