यातायात व्यवस्था विभागले आम निर्वाचनलाई देखाएर सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।
मंसिर ४ गतेको निर्वाचनका लागि मंसिर १ गतेदेखि अनलाइन आवेदन बन्द गर्न लागिएको विभागले एक सूचना जारी गरी जानकारी दिएको हो ।
लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताइएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।
निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको विभागको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन । विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?