दमौली : चितुवाको आक्रमणबाट मृत्यु भएका व्यास नगरपालिका -१२ छिर्केनेको एक परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय भएको छ । मंगलबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई ५० हजार राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।
हालसालै व्यास नगरपालिका वडा नं १२ छिर्कने निवासी चित्र बहादुर कुवंरका ७ वर्षिय नाति अभिनव कुवंरको बाघको आक्रमणबाट मृत्यू भएको थियो ।
साथै व्यास – ११ निवासी गंगा प्रसाद सुवेदिलाई सिङ्गुसको टोकाइबाट मृत्यु भएको उनको परिवारलाई पनि ५० हजार राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरपालिका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?