यसरी गरियो दमौलीमा नमुना मतदान (तस्बिरहरु)

दमौली  :  प्रतिधिनिसभा र प्रदेशसभा निर्वाचन आउन दुई साता पनि बाँकी छैन । विगतका निर्वाचनमा बदर मतको संख्या बढी देखिएको तनहुँमा त्यसलाई घटाउन विभिन्न स्थानमा नमुना मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँको आयोजना र व्यास नगरपालिकाको व्यवस्थापनमा बुधबार दमौलीको खुल्ला मैदानमा नमुना मतदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले राखेको नमुना मतदानमा स्थानीय पालिकाले सहजीकरण गरेका थिए । जसले गर्दा स्थानीयले उत्साहका साथ मतदानमा भाग लिएका छन् ।

नमुना मतदानस्थलमा म्यादी प्रहरीले सुरक्षाको पहरा दिए ।नगरपालिकाका कर्मचारीहरु मतपत्र वितरण, मतदाता परिचयपत्र बाँड्न सहयोग गरे ।

मतदान अधिकृतको जिम्मेवारी पनि तोकिएको थियो भने मतदाताको नङमा मसी लगाउनेलगायत कार्यमा खटिएका थिए । नमुना मतदानका लागि जिल्ला निर्वाचन कार्यालयले सघाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?