एमालेले विकास निर्माणमा उल्लेखनीय भुमिका खेलेको छ : किरण गुरुङ

ऋषिङ  : नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट  तनहुँ -२ का उम्मेदवार किरण गुरुङले विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको वताएका छन् । ओलीको सरकार वनेपछि देशमा उल्लेख्य विकास निर्माणको गति अगाडी वढेको तर परमादेशको सरकार आएपछि राष्ट्रिय गौरवको योजनामा समेत विकास वजेट काटेको वताएका हुन् ।

गण्डकी प्रदेशको अर्थमन्त्री भएर तनहुँमा उल्लेख्य मात्रामा विकास निर्माण, पुल पुृलेसा, खानेपानी र पर्यटनका क्षेत्रमा वजेट विनियोजन गरेको बताए  ।

जनताको जुन आशा र विश्वास थियो, त्यसमा ठेस पुरयाउने कुनै काम गरेको छैन । जनताको विश्वास नै आफनो सम्पति भएको हुदाँ अव पुन नेकपा (एमाले) लाई वहुमत दिलाएर सुखी नेपाली समृद्ध नेपाल वनाउने काममा भुमिका खेल्न समेत आग्रह गरे ।

चुनावी अभियानका क्रममा प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङ र प्रदेशसभाका उम्मेदवार केदार सिग्देल ऋषिङ गाँउपालिकाको मधुवनटार, पिपलटार, राम्जाकोट, गोठादी, सपाङदी र घिरिङको वनडाँडामा घरदैलो कार्यक्रममा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?