दमौली : निर्वाचनको मिति नजिकिँदै गर्दा मंगोल नेशनल अर्गनाजेशन तनहुँका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त भएको हो ।
कुखुरा चुनाव चिन्ह लिएर उम्मेदवारहरू शनिवार पनि विभिन्न पालिकामा घरदैलो गरेका छन् ।
तनहुँ -१ प्रतिनिधिसभा सदस्यमा प्रेमबहादुर थापा, प्रदेशसभा सदस्य (क)मा भिमबहादुर लामा र प्रदेशसभा सदस्य (ख)मा रनबहादुर खवास उम्मेदवार रहेको छ ।
तनहुँ -२ प्रतिनिधिसभा सदस्यमा प्रविना थापा मगर, प्रदेशसभा सदस्य (क)मा सुमन थापा मगर र प्रदेशसभा सदस्य (ख)मा नमबहादुर राना उम्मेदवार रहेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?