चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवन जिल्लामा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आइतबार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ ।
राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।
‘ शान्ति , सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एकपटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताेडफाेड गर्याे भन्ने थाहा भएकाे छैन ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?