भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै १३ अर्ब ५४ करोड नौ लाख रुपैयाँ मौज्दात छ । कार्यालयका अनुसार हिजो बेलुका ५ बजेपछि आज बिहानसम्म २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको छ ।
राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि यो कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम जम्मा भैरहेको छ । आज बिहानसम्म कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?