दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमालें) तनहुँको क्षेत्र नं २ (क) उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता र चाहना वमोजिम काम गर्ने वताएको छ ।
आइतबार व्यास -५वडामा घरदैलो जनताको आवश्यकता लाई नजिकवाट चिन्ने अवसर पाएको उल्लेख गर्दै उनले उक्त कुरा बताएका हुन् ।
“मेरो लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विताएको छु । जनताको चाहनालाई आत्मासात गरेर पुरा गर्नु वाहेक अन्य केही स्वार्थ छैन,” महतले भने ।
घरदैलो अभियानको क्रममा महत, चापाघाट, पाटन, कण्टार, पतेनी, वरवोटे, शेरा, नेपालटार, रानीटारी हुदै चिन्तुटार पुगेका थिए ।
सोही कार्यक्रममा गायक प्रेमराजा महत पनि गएर दाजु श्यामराजा महतका पक्षमा भोट मागेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?