कतार विश्वकप: सोमबार जापान भर्सेस क्रोएसिया र ब्राजिल भर्सेस दक्षिण कोरिया भिड्दै

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेल हुँदैछन्।

पहिलो खेल राति ८:४५ बजे जापान र क्रोएसियाबीच प्रतस्पर्धा हुँदैछ। यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ। जापान समूह ‘ई’ बाट विजेता बन्दै र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

यस्तै राति १२:४५ बजे स्टेडियम ९७४ मा दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच हुँदैछ। दुवै टिममध्ये जित निकाल्ने टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?