म्याग्दे गाँउपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण गर्न सुरु

म्याग्दे : तनहुँको म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका-१ भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरेको हो ।

लगत संकलन कार्य विधिको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए  ।
कार्यक्रममा प्रमुख अतिथी गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जग्गा प्राप्तिको लागी शुरुवाती चरण शुरु भएको वताए। अव सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ ।

निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने हुदाँ अव जग्गाको नाँपजाँचको काम शुरु हुने वताए ।

म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–१, मा अव्यवस्थित तर्फ ११७ जना, भुमिहिन सुकुम्वासी तर्फ १५ जना र भुमिहनि दलित तर्फ २५ जना गरि कुल १५७ जनालाई निस्सा वितरण गरिएको हो ।

निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट शुरु भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरे, गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, वडाध्यक्ष मणिभद्र वाग्ले लगयत उपस्थित रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?