साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि सिद्धार्थनगर नगरपालिकाको विरोध

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई जिउँदै ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाविरुद्ध स्थानीयले विरोध जनाएका छन्।

उक्त नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ साँढेलाई रक्ताम्य हुनेगरी घिसार्दै लगेका थिए।

लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर लगिएको देखिएको थियो। धेरैले उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा साझा गर्दै अमानवीय कार्य भनिरहेका छन्।

नगरपालिकाको उक्त कदमलाई लिएर मेयर इस्तियाक अहमद खानविरुद्ध बिहीबार बिहान नाराबाजीसमेत भएको छ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त घटनाका विषयमा चासो देखाउँदै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?