दमौली : तनहुँको आँबुखैरनी गाउँपालिका -३ स्वामिभोटे निवासी ५१ वर्षीया मृगौला पीडितमिना माया थापाको उपचारको लागि दमौलीमा यही पुस २९ गते गते लाइभ कन्सर्ट हुने भएको छ । व्यास नगरपालिका–५ स्थित मानुङमा रहेको सिद्ध युवा क्लवले लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।
व्यास –३ स्थित विपी वनवाटिकामा जारी महोत्सव स्थलमा पुस २९ गते हुन लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष सुमन थापाले जानकारी दिए।
टिकट शुल्क ३ सय रहेको कन्सर्टमा गायक उर्गेन दोङको लाइभ कन्सर्ट, लाइभ डीजे र स्थानीय व्याण्डको प्रस्तुति हुने आयोजकले जनाएको छ । कन्सर्टमा ६ लाखको बराबरको खर्च हुने कार्यक्रमका निर्देशक बादल आलेले जनाएको छ ।
कुल नाफा आम्दानीको रकमले पीडित थापाको उपचारार्थ लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?