सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यालयलाई पत्र पठाउँदै महतोलाई पक्राउ गर्न ताकेता गरेको हो ।

महोत्तरीको गौशाला नगरपालिका २ मा बस्ने कोइरीलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेबाट पटक पटक प्रहरीलाई निर्देशन भएपनि हालसम्म पक्राउ नगरिएको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महतोमाथि मधेस आन्दोलनका क्रममा हत्या गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?