गण्डकी प्रदेशमा रहने ७ मन्त्रालय टुंगियो

पोखरा : गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।

सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।

गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा सहभागी सरकार छ ।

बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?