पूर्व स्वीकृती बेगर गरिएको खर्चको भुक्तान नदिने नगरपालिकाको निर्णय

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी नदिने कार्यालयले जनाएको छ ।

नगरपालिकाले सोमबार प्रेस विज्ञप्ती मार्फत् पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी दिन कार्यालय बाध्य नरहेको जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जारी विज्ञप्ती गर्दै अधिकार प्राप्त अधिकारीको खरिद आदेश एवं खर्चको पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी नदिइने उनले बताएका छन् ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ (१) अनुसार अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुदैन भन्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?